तरलता धेरै भएपछि आज पनि ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ८ गते
तरलता धेरै भएपछि आज पनि ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। यसैक्रममा, राष्ट्र बैंकले भदौ ८ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ।

केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापनका लागि आज दिउँसो ३ बजे बोलकबोल गर्नेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यो निक्षेप संकलन उपकरण २१ दिनको हुनेछ र भदौ २९ गते मूलधन तथा ब्याज भुक्तानी गरिनेछ।

हाल कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा तरलता बढी रहेको छ। बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशतको हाराहारी ब्याजदरमा केन्द्रीय बैंकलाई पैसा राख्न बाध्य छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स