तरलता धेरै भएपछि आज पनि ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १८ गते
तरलता धेरै भएपछि आज पनि ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको तरलता (लगानीयोग्य रकम) कम गर्न आज पुनः ५० अर्ब रुपैयाँ तान्न लागेको छ। राष्ट्र बैंकका अनुसार, यसका लागि आज दिउँसो ३ बजे बोलकबोल (bidding) प्रक्रिया हुनेछ।

बोलकबोलमा भाग लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म भाग गर्न सक्नेछन्। उनीहरूले निःशेष भाग जाने गरी कुल आह्वान रकमभित्र रहनुपर्नेछ।

बोलकबोल बहुब्याजदर प्रणालीमार्फत हुनेछ, जसअनुसार सहभागीहरूले विभिन्न ब्याजदरमा बोलकबोल गर्न पाउनेछन्।

यस निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

४२ दिनको अवधिको यो निक्षेप संकलन भदौ २९ गते मूलधन (principal) र ब्याजसहित फिर्ता भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स