नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषबाट ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा एक वर्ष अवधिको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै उक्त रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक, र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा लगानी गरिने जानकारी दिएको छ। कुल लगानीमध्ये ७७ करोड ६० लाख रुपैयाँ वाणिज्य बैंकमा, १४ करोड ५५ लाख रुपैयाँ विकास बैंकमा, र ४ करोड ८५ लाख रुपैयाँ वित्त कम्पनीमा लगानी गरिनेछ।
मुद्दती निक्षेपमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले वैशाख ३ गते साँझ ७ बजेसम्म आवेदन दिनुपर्नेछ। राष्ट्र बैंकले यसका लागि केही मापदण्डहरू तोकेको छ। आवेदन दिने संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ।
साथै, राष्ट्र बैंकले तोकेको न्यूनतम कुल पूँजीकोष कायम गरिएको हुनु पर्नेछ। सो संस्थाको निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशतभन्दा कम र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा कम हुनुपर्नेछ। यस्तै, खुद तरल सम्पत्ति राष्ट्र बैंकले तोकेको सीमा अनुसार कायम गरिएको हुनु पर्ने, कर्जारनिक्षेप अनुपात तोकिएको सीमाभित्र रहनुपर्ने, र अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान विवरणमा खुद मुनाफा देखिएको हुनुपर्ने शर्तहरू छन्।













![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया