नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले ‘राष्ट्र बैंक ऋणपत्र २०८३ क’ नामक उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।
एक वर्षे अवधिको यस ऋणपत्र धितो राखी कर्जा लिन सकिने व्यवस्था गरिएको छ भने यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ।
बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरूले यो ऋणपत्र खरिद गर्न सक्नेछन्। ऋणपत्रमा लगानीकर्तालाई अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिनेछ।
ऋणपत्रको आकार न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम २५ करोड रुपैयाँसम्म तोकिएको छ। इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुवै प्रक्रियाबाट सहभागिता जनाउन सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।
ऋणपत्र खरिदका लागि बोलकबोल समय पुस १४ गते कार्यालय समय अवधिभर कायम रहनेछ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया