राष्ट्र बैंकले स्थापना गर्यो ‘डिजिटल फाइनान्स इनोभेसन हब’, वित्तीय नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने



Advertisement
Ads

नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवामा नवीनतम प्रविधिको प्रवर्द्धन गर्दै बैंकिङ तथा भुक्तानी प्रणालीलाई आधुनिक बनाउन ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरेको छ। वित्तीय प्रविधिमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले सुरु गरिएको यो हबले डिजिटल फाइनान्समा काम गर्ने उद्यमी तथा प्रवर्तकहरूलाई आवश्यक नीतिगत तथा नियामकीय जानकारी उपलब्ध गराउनेछ।

राष्ट्र बैंकका अनुसार यस हबले वित्तीय नवप्रवर्तनका प्रस्तावहरूको अध्ययन गर्दै तीबाट सिर्जना हुन सक्ने सम्भावना र चुनौतीको मूल्यांकन गर्नेछ। साथै, नियामकीय दृष्टिकोण, परामर्श, मार्गदर्शन तथा सुझाव प्रदान गरेर नवप्रवर्तनलाई थप सहज बनाइनेछ। वित्तीय प्रविधि विकासलाई प्रभावकारी बनाउन नियामक निकायहरूसँगको समन्वय सुदृढ गर्दै नवप्रवर्तकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने राष्ट्र बैंकको योजना छ।


Advertisement

राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हबलाई सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा अघि बढाउने गरी संरचना तयार पारेको छ। वित्तीय प्रविधिमा नवीन समाधानहरू विकास गर्न र डिजिटल अर्थतन्त्रलाई समृद्ध बनाउन यस हबले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर