नाडा अटो शोका संयोजक अनुपकुमार बरालले नाइमा अटो शोमाथि कडा टिप्पणी गरेका छन्। बरालले ‘नाडा अटो शो जेन्यून र नाइमा अटो शो नाडाको कपी’ भएको दाबी गरेका हुन्।
उनले नाडा ५० वर्षको इतिहास बोकेको संस्था भएकाले नयाँ संस्थाले आयोजना गरेको अटो शोलाई नाडासँग तुलना गर्न आवश्यक नरहेको बताए।
‘नाडा अटो शो इज जेन्यून हो र नाइमा अटो शो इज अ कपी,’ बरालले भने, ‘मेरो भाषामा जवाफ दिने हो भने त्यति मात्रै हो—नाडा अटो शो जेन्यून, नाइमा अटो शो नाडाको कपी।’
बरालले नाडा केवल अटो शो आयोजना गर्ने संस्था मात्र नभई सातै प्रदेशमा सदस्य रहेको र २८ सयभन्दा बढी सदस्य संस्था आबद्ध भएको संस्थाभएको पनि बताए। त्यसैले नाडालाई नयाँ संस्थासँग तुलना गरिरहन आवश्यक नभएको उनको भनाइ छ।
उनले प्रत्येक संस्थाको आफ्नै मूल्य–मान्यता हुने भन्दै नाइमा र त्यसका गतिविधिलाई आफूहरूले सम्मान गर्ने बताए। तर, ५० वर्षको गरिमा बोकेको नाडालाई अहिले नै अर्को संस्थासँग तुलना गर्न नहुने उनको तर्क छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा १८औँ नाडा अटो शो २०२६ आयोजना गर्दैछ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया