नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलबार आइपीओ बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि जारी गरेको २,२५,००० कित्ता साधारण सेयर माघ २९ गते बाँडफाँट गरेको हो।
कम्पनीको ७५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२,५०,००० कित्ता साधारण सेयर निष्कासन गरिएको थियो। सोमध्ये १० प्रतिशत (२,२५,००० कित्ता) सेयर विदेशमा कार्यरत नेपालीहरूका लागि माघ ८ गतेदेखि २२ गतेसम्म बिक्री खुला गरिएको थियो।
उक्त अवधिमा ४५,९०६ आवेदकहरूले आवेदन दिएका थिए, जसमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार २२,५०० आवेदकहरूलाई मात्र सेयर बाँडफाँट गरिएको हो।
कसरी हेर्ने आइपीओ नतिजा?
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:
- एनआइएमबि एस क्यापिटल लिमिटेड – nimbacecapital.com
- सीडीएससी आइपीओ रिजल्ट पोर्टल – iporesult.cdsc.com.np
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया