नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ संस्थापक बाहिरिँदै: सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ संस्थापक बाहिरिँदै: सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
Advertisement Ads

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन्। उनीहरूले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गरेर बाहिरिन लागेका हुन्।

बैंकका अनुसार ती ६ जना संस्थापक सेयरधनीले कुल ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन्। उक्त सेयर खरिदका लागि हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य उल्लेख गरी निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र सेयर बिक्री नभएमा भने सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Hamdam Rhuhani
Hamdam Rhuhani
6 months ago

Liquidation

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स