नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ। बोर्डले बुधबार दिएको स्वीकृतिअनुसार कम्पनीले हालको चुक्ता पूँजीको ४० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ।

हाल नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ रहेको छ। उक्त पूँजीको ४० प्रतिशतअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

नेपाल बीमा प्राधिकरणको नियमअनुसार निर्जीवन बीमा कम्पनीले न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउनुपर्ने व्यवस्था छ। यस हकप्रद निष्कासनपछि नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ।

Screenshot 2025 05 22 104304 https://bajarkochirfar.com/nepal-insurance-to-issue-40-percent-rights-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स