नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फन्डले मधेश प्रदेशको जनकपुरमा निर्माण भइरहेको १० मेगावाटको अन–ग्रिड सोलार परियोजनामा लगानी गर्न सम्झौता गरेको छ। ऊर्जा डेभलपर्सले विकास गरेको यो परियोजना नविकरणीय ऊर्जामा आधारित पूर्वाधार विस्तार गर्न महत्वपूर्ण मानिँदै आएको छ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फन्डले नविकरणीय ऊर्जाको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै परियोजनामा लगानी गर्ने निर्णय गरेको हो।ऊर्जा डेभलपर्सले सन् २०३० सम्म १ गिगावाट कार्बन–न्युट्रल ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित सौर्य ऊर्जामा विस्तार गर्दै आएको छ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया