नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले ३० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने, दियो धितोपत्र बोर्डमा आवेदन

नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले ३० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने, दियो धितोपत्र बोर्डमा आवेदन

नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर (आईपिओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दर्ता गरेको हो।

सेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। हाल कम्पनीको चुक्ता पूँजी १२० करोड रहेको छ भने प्रस्तावित आईपीओपछि चुक्ता पूँजीमा वृद्धि हुने अपेक्षा गरिएको छ।

नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डमा व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा बसन्त चौधरी, हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स लगायतले लगानी गरेका छन्। यस फण्डले उपाय सिटी कार्गो, दिगो इलेक्ट्रिक भेइकल्स, मेवा डेभलपर्स, एबिआई, तत्व फार्म्स, उर्जा इम्याक्ट फण्ड र पशुपति रिन्युएबल्समा लगानी गरेको छ। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स