नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। यसमा लगानीकर्ताले बुधबार फागुन २८ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशनका लागि माघ १८ गते बुक क्लोज गरेको थियो। जस अनुसार, माघ १४ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन्। लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल वा नेको इन्स्योरेन्सका शाखा कार्यालय, आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट हकप्रद सेयर भर्न सक्नेछन्। हाल २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको पुँजी हकप्रद बिक्रीपछि २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया