प्रतिकित्ता १०० रुपैयाँमै २ लाख बढी कित्ता सेयर बेच्दै नेको इन्स्योरेन्स, भोलिदेखि आवेदन दिन सकिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ११ गते
प्रतिकित्ता १०० रुपैयाँमै २ लाख बढी कित्ता सेयर बेच्दै नेको इन्स्योरेन्स, भोलिदेखि आवेदन दिन सकिने

नेको इन्स्योरेन्स लिमिटेडले आगामी वैशाख १२ गतेदेखि २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्काशन गरेको हकप्रद सेयरमा संस्थापक समूहतर्फका ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहतर्फका १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर बाँकी रहेपछि सो सेयर लिलामीमा ल्याउन लागेको हो।

यस लिलामीमा प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन्। व्यक्तिगत, संस्थागत वा अन्य जो कोही लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन्।

लिलामीमा आवेदन दिने अन्तिम मिति वैशाख २१ गते रहेको छ। त्यस्तै, बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले लिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स