नेशनल वायो टेक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिले पुस २० गते बसेको बैठकमा यो प्रस्ताव पारित गर्दै, माघ ६ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो।
सभाको आयोजन कम्पनीको कार्यालय, बालाजु, काठमाडौंमा दिउँसो १ बजे हुनेछ। सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने र आईपीओबाट प्राप्त पूँजीको उपयोगका सम्बन्धमा आवश्यक निर्णय गर्नेछ।
साथै, आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कार्य सञ्चालक समितिलाई जिम्मेवारी दिने निर्णय पनि सभाले गर्नेछ।




















प्रतिकृया