राष्ट्रिय सभाले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित गरेको छ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक प्रस्तुत गरेका थिए, जसलाई बहुमतले अनुमोदन गरिएको हो।
विधेयक पारित हुनुअघि भएको छलफलमा सांसदहरूले विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाहरूको जवाफ मन्त्री अधिकारीले बैठकमै प्रस्तुत गरेका थिए।
















प्रतिकृया