नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै १:१ अनुपातमा नयाँ सेयर जारी गर्न लागेको हो।
यस अनुसार बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर, कुल २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको निष्काशन गर्नेछ। हकप्रद सेयरका लागि आवेदन दिने अन्तिम म्याद असोज २२ गतेसम्म तोकिएको छ।
बैंकले भदौ ९ गते बुक क्लोज गरेको थियो। नेप्सेमा भदौ ८ गतेसम्म कारोबार भइ कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनको लागि गरिएको रेटिङमा इक्रा नेपालले बैंकलाई सी प्लस प्रदान गरेको छ जसले वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आवेदन बिक्री प्रबन्धकका शाखा, बैंकका केन्द्रिय कार्यालय र प्रमुख शाखा कार्यालयबाट, वा सि-आस्बा प्रणाली र ‘मेरो सेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत दिन सक्नेछन्।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया