नारायणगढ–बुटवल सडक योजनाअन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ। सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म बन्द रहनेछ।
चैत ३१ गतेसम्म यो समय तालिका कायम हुनेछ भने वैशाख १ गतेदेखि समय बदल्दै राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म कायम हुनेछ। वैशाख १५ सम्म राति बन्द गर्ने समय लागू रहने जानकारी खनालले दिए।
सडक बन्दको समयमा पूर्वबाट आउने गाडीहरू दुम्कीबास, अरुणखोला, र चोरमारामा र पश्चिम जाने गाडीहरू बर्दघाटमा रोकिनेछन्। वैकल्पिक मार्गको रूपमा गैंडाकोट–कालीगण्डकी करिडोर सडक प्रयोग गर्न आयोजनाले सवारी चालकलाई आग्रह गरेको छ।
प्रतिकृया