नारायण बाबु लोहनी पुनः रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त

नारायण बाबु लोहनी पुनः रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नारायण बाबु लोहनीलाई पुनः चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको १५५ औं बैठकले असार १९ गते लोहनीलाई आगामी कार्यकालका लागि पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

लोहनीको नयाँ कार्यकाल साउन १८ गतेदेखि सुरु हुनेछ। उनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए। अब पुनः नियुक्तिसँगै उनी आगामी चार वर्षसम्म कम्पनीको नेतृत्व गर्नेछन्।

Screenshot 2025 07 06 121110 https://bajarkochirfar.com/narayan-babu-lohani-reappointed-as-ceo-of-reliable-nepal-life-insurance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स