SHAREHUB SHAREHUB

अदालत पुगेर नाडा को विवाद टुंगियो, अध्यक्ष उप्रेतीले छिट्टै शपथ लिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
Advertisement Ads
अदालत पुगेर नाडा को विवाद टुंगियो, अध्यक्ष उप्रेतीले छिट्टै शपथ लिने
Advertisement Ads

नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को निर्वाचन प्रक्रियामा उत्पन्न विवाद अदालतको फैसलासँगै टुङ्गिएको छ। पाटन उच्च अदालतले निर्वाचन प्रक्रियाविरुद्ध दायर गरिएको रिट निवेदन खारेज गरेसँगै नवनिर्वाचित कार्यसमितिको शपथग्रहणका लागि कानुनी बाटो खुलेको छ।

अदालतमा मुद्दा विचाराधीन हुँदा नाडाले नयाँ कार्यसमितिको शपथग्रहण अस्थायी रूपमा स्थगित गरेको थियो। अदालतको फैसलापछि नाडाले सबै कानुनी अवरोध समाप्त भएको जनाएको छ।

सम्मानित अदालतको निर्णयपछि संस्थाको विधान र प्रक्रियाअनुसार निकट भविष्यमै नवनिर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण सम्पन्न गरिने नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नाडाले आगामी दिनमा अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद र उद्योगमैत्री वातावरण निर्माणका लागि सरोकारवाला निकायहरूसँग सहकार्यलाई अझ सक्रिय बनाउने प्रतिबद्धता पनि जनाएको छ।

अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्। नाडाको पुस २५ गते हुने निर्वाचनमा अध्यक्षमा अन्तिम समयसम्म उप्रेती मात्र उम्मेदवार भएकाले उनी निर्विरोध निर्वाचित भएका थिए।

Advertisement Ads

649631330 1211660384073680 1775802467560205303 n https://bajarkochirfar.com/nada-dispute-resolved-after-reaching-court-chairman-upreti-to-take-oath-soon | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स