नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड, नयाँ दिल्लीमा सम्मानित

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड, नयाँ दिल्लीमा सम्मानित

नबिल बैंकले ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ।

भारतको नयाँ दिल्लीमा इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले शुक्रबार आयोजना गरेको कार्यक्रममा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन्।

बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगका कारण यो सम्मान प्राप्त भएको जनाएको छ। यस अवार्डले बैंकिङ सेवा तथा नवप्रवर्तनलाई अझ सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले अवार्ड प्राप्त गर्न पाउँदा खुसी लागेको बताउँदै “बैंक फेरि एकपटक प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ, हामीलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु” भनेका छन्

यस वर्षको अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरूको सहभागिता रहेको थियो।

आईसीसी भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था हो। भारतका प्रमुख व्यावसायिक समूहहरू आबद्ध रहेको यस संस्थाले देशभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा उद्योग र व्यवसायको प्रतिनिधित्व गर्दै आएको छ।

नबिल बैंकले हालै युरोमनी अवार्ड्स फर एक्सेलेन्सअन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधिसमेत प्राप्त गरेको थियो। बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका आधारमा ती सम्मान प्रदान गरिएको थियो।

निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा रहेको नबिल बैंकले देशभर रहेका २६४ शाखा र ३१५ एटीएम मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने लक्ष्यसहित सेवा विस्तार गरिरहेको जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स