मुक्तिनाथ विकास बैंकले लिलाम गर्दैछ २ दर्जन मोटरसाइकल; कसरी दिने आवेदन ? (सूचनासहित)

मुक्तिनाथ विकास बैंकले लिलाम गर्दैछ २ दर्जन मोटरसाइकल; कसरी दिने आवेदन ? (सूचनासहित)
Advertisement Ads

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो नाममा दर्ता रहेका दुई पाङ्ग्रे सवारी साधनहरू लिलाम बिक्री गर्ने भएको छ। बैंकले केन्द्रीय कार्यालय काठमाडौं तथा क्षेत्रीय कार्यालय पोखरामा रहेका विभिन्न मोटरसाइकलहरू गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने सूचना प्रकाशित गरेको हो। यी सवारी साधनहरू जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने जनाइएको छ।

इच्छुक व्यक्ति, संघ, संस्था वा कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न सक्नेछन्। बोलपत्र आवेदन फाराम रु. १,००० फिर्ता नहुने गरी बैंक खातामा जम्मा गरेपछि केन्द्रीय कार्यालय लाजिम्पाट तथा पोखरा क्षेत्रीय कार्यालयबाट प्राप्त गर्न सकिनेछ। बोलपत्रमा प्रस्तावित रकम अंक र अक्षर दुवैमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ र कुनै विवाद भएमा अक्षरलाई मान्यता दिइनेछ।

बोलपत्र दाताले नागरिकता वा संस्था दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर तथा आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ। सवारी साधनहरू निरीक्षण गर्न चाहनेले कार्यालय समयभित्र सम्बन्धित कार्यालयमा सम्पर्क गरी अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ।

बोलपत्र प्राप्त भएको १६औं दिनमा केन्द्रीय कार्यालय लाजिम्पाटमा खोलिने बैंकले जनाएको छ। बैंकले प्राप्त बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफूमा सुरक्षित रहेको स्पष्ट पारेको छ।

bank auctions 24 vehicles notice 1776304780087 scaled https://bajarkochirfar.com/muktinath-bikas-bank-is-auctioning-2-dozen-motorcycles-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स