मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९७.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ९९.९८ प्रतिशत बढेर ३८ करोड ९२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै,कम्पनीको कुल नाफा ३४.८८ प्रतिशत र कुल आम्दानी ३४.३९ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा १८.७६ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ५ पैसा रहेको छ र मूल्य आम्दानी अनुपात ३५७.५२ गुणा रहेको छ।
७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ३ करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया