सेबोन र ब्रोकर कम्पनीहरू डुबाउने दिशामा सरकार अगाडि बढिरहेको सांसद वाग्लेको दाबी

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २५ गते
सेबोन र ब्रोकर कम्पनीहरू डुबाउने दिशामा सरकार अगाडि बढिरहेको सांसद वाग्लेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले मुलुकमा कुशासन तीव्र रुपमा बढ्दै गएको बताएका छन्। बुधवार बसेको प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै उनले वर्तमान राजनीतिक नेतृत्वलाई पंगु, भ्रष्ट र निकम्मा भएको भन्दै अब आर्थिक संस्थाहरू समेत कब्जामा पर्न थालेको दाबी गरे।

उनका अनुसार, “पहिले आर्थिक क्षेत्र विचौलियाहरूबाट केही हदसम्म सुरक्षित थियो, तर अहिले विचौलियाकै चलखेल निर्णायक बन्दै गएको छ।”

वाग्लेले यस्तो अवस्थालाई नियन्त्रण गर्न आगामी मौद्रिक नीतिमार्फत ठोस पहल आवश्यक रहेको बताए। उनले भने, “एफएटिएफदेखि लिएर ग्रेलिस्टहरूले नै देखाउँछ कि जताततै कुशासन मौलाएको छ। अहिले त विचौलियाको राज चलिरहेको छ। नीतिगत चलखेल, भ्रष्टाचार, र आर्थिक संस्थाहरू कब्जा गर्ने प्रवृत्तिलाई कसरी रोक्ने — अब त्यसतर्फ राष्ट्र बैंकको ध्यान जानुपर्छ।”

त्यस्तै, सांसद वाग्लेले राष्ट्र बैंक र सेबोनहरू (ब्रोकर कम्पनीहरू) पनि डुबाउने दिशामा अगाडि बढिरहेको टिप्पणी गर्दै यो अवस्था सुखद् होइन भनेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स