instainsta

सांसद सिंहले भने, “कुलमान वा हितेन्द्रमध्ये एकलाई कारबाही गर्नुपर्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ५ गते
सांसद सिंहले भने, “कुलमान वा हितेन्द्रमध्ये एकलाई कारबाही गर्नुपर्छ”
AdvertisementAds

सांसद डा. अमरेशकुमार सिंहले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान निर्देशक हितेन्द्रदेव शाक्यमध्ये एक जनालाई कारबाही गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले दुवैको आर्थिक विवरण फरक–फरक भएको भन्दै न्यायिक छानबिन आयोग गठन गर्न आग्रह गरे। घिसिङले प्राधिकरण आठ अर्ब नाफामा रहेको भनेका थिए भने शाक्यले पाँच अर्ब घाटा भएको श्वेतपत्र सार्वजनिक गरेका छन्।

सिंहले दुईमध्ये एक जनाले गलत सूचना दिएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स