नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले नेपाल स्टक एक्सचेन्जमा ठूलो बार्गेनिङ भएको आरोप लगाएका छन्।
लेखा समितिको आज बसेको बैठकमा बोल्दै केसीले स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने विषयमा प्रश्न उठाए। उनले भने, “स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने कुरा आएको छ। यसको वास्तविकता के हो, थाहा छैन। भारतजस्तो ठूलो देशमा पनि दुईवटा मात्र स्टक एक्सचेन्ज छन् भने नेपालजस्तो सानो देशमा अर्को स्टक एक्सचेन्ज किन चाहियो?”
स्टक एक्सचेन्जमा भइरहेको बार्गेनिङका विषयमा लेखा समितिले पूर्ण जानकारी लिनुपर्ने कुरामा केसीले जोड दिए।











![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)






![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया