Advertisement
Ads

सांसद केसी भन्छन्, “नयाँ स्टक एक्सचेञ्जबारे ठूलो बार्गेनिङ भइरहेको छ”



Advertisement
Ads

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले नेपाल स्टक एक्सचेन्जमा ठूलो बार्गेनिङ भएको आरोप लगाएका छन्।

लेखा समितिको आज बसेको बैठकमा बोल्दै केसीले स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने विषयमा प्रश्न उठाए। उनले भने, “स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने कुरा आएको छ। यसको वास्तविकता के हो, थाहा छैन। भारतजस्तो ठूलो देशमा पनि दुईवटा मात्र स्टक एक्सचेन्ज छन् भने नेपालजस्तो सानो देशमा अर्को स्टक एक्सचेन्ज किन चाहियो?”


Advertisement

स्टक एक्सचेन्जमा भइरहेको बार्गेनिङका विषयमा लेखा समितिले पूर्ण जानकारी लिनुपर्ने कुरामा केसीले जोड दिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर