नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा बिचौलियाको सिफारिस हावी हुने दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारलाई खुला प्रतिस्पर्धाबाट गभर्नर नियुक्त गर्न चुनौती दिएका छन्।आइतबार प्रतिनिधि सभामा “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक” सम्बन्धी सैद्धान्तिक छलफलका क्रममा उनले सरकारलाई गभर्नर छनोटमा निष्पक्षता अपनाउन चुनौती दिएका हुन्। झाले नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणको नियुक्तिमा समेत बिचौलियाको भूमिका देखिएको भन्दै अब गभर्नर नियुक्तिमा पनि त्यस्तै चलखेल हुन लागेको आरोप लगाए।
‘धितोपत्र बोर्डको नियुक्ति हेरिहाल्यौं हामीले। कुन बिचौलियाको घरबाट नाम आयो भनेर। भर्खरै बीमा प्राधिकरणको नियुक्ति पनि हेरिहाल्यौं। म चुनौती दिन्छु, गभर्नरको नाम पनि खुल्ला प्रतिस्पर्धाबाट आउनेवाला छैन। कुन बिचौलियाले कति पैसा दिन्छ र कसको नाम पठाउँछ भनेर तयारी हुँदैछ। हामीहरुले नाम आकलन गर्न थालिसक्यौं,’ उनले सदनमा भने।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया