२१ लाखभन्दा बढी लगानीकर्ताले भरे सान्भि इनर्जीको आइपीओ, अन्तिम समयसम्म कति आवेदन पर्यो?



Advertisement
Ads

सान्भि इनर्जी लिमिटेडको आइपीओमा अहिलेसम्म २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन् । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारण लागि शुक्रबार जेठ ९ गतेदेखि आइपीओ निष्काशन गरेको हो। सीडीएससीका अनुसार आज मंगलबार बेलुका ५ बजेसम्म आइपीओमा २१ लाख ८  हजार २३२ आवेदकहरूले२ करोड ५८ लाख ९० हजार ६२० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन माग १०.७१ गुणा बढी रहेको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता निष्काशन गरेको हो। सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ १३ गतेसम्म तोकिएको थियो। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर