SHAREHUBSHAREHUB

रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधको मुद्दा फिर्ता

AdvertisementAds
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधको मुद्दा फिर्ता
File Photo
AdvertisementAds

महान्यायाधिवक्ता कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भई विचाराधीन रहेका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिएको छ ।

यस निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेका उक्त प्रकृतिका मुद्दामा अभियोग फिर्ता गरिने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयका अनुसार रवि लामिछानेमाथि दायर सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ । संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सक्ने गरी मात्र आरोपपत्र संशोधन गर्न स्वीकृति दिइएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स