बजारमा पैसा फालाफाल, राष्ट्र बैंकले आज फेरि ३५ अर्ब उठाउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २९ गते
बजारमा पैसा फालाफाल, राष्ट्र बैंकले आज फेरि ३५ अर्ब उठाउँदै

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरणमार्फत पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज असोज २९ गते बैंकिङ प्रणालीबाट फेरि ३५ अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। अधिक तरलता व्यवस्थापन गर्न यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न पाइने व्यवस्था छ।

यो बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन सक्नेछन्। संकलित रकमको अवधि चार दिनको हुनेछ र कात्तिक २ गते मूलधन तथा ब्याज भुक्तानी गरिनेछ।

पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ र बैंक तथा वित्तीय संस्थाहरू ३ प्रतिशत हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा राख्न बाध्य भएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स