संसदमा मन्त्री खनालको प्रश्न, “प्रधानमन्त्री ज्यू के तपाईं हिटलर बन्दै हो?”

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २१ गते
संसदमा मन्त्री खनालको प्रश्न, “प्रधानमन्त्री ज्यू के तपाईं हिटलर बन्दै हो?”

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद परिसरमा प्रश्न सोध्ने दुई पत्रकारको पास निलम्बन गरिएको विषय संसदमा पनि उठेको छ।

संघीय संसद सचिवालयले पत्रकार प्रकाश ओली र किशोर कुमार श्रेष्ठको प्रवेश पास एक महिनाका लागि निलम्बन गर्ने निर्णय मङ्गलबार गरेको थियो।

बुधबार संसद बैठकमा बोल्दै पूर्व शिक्षामन्त्री शिशिर खनालले सार्वभौम संसदमा सरकारको छाया परेको भन्दै आपत्ति जनाए। उनले सिर्फ प्रश्न सोधेकै आधारमा पत्रकारको पास निलम्बन गर्नु सरकारको निर्देशनमा भएको गलत निर्णय भएको बताए।

खनालले उदाहरण दिँदै भने, “संसदभित्रै एक नेताले निर्वाचनबाट जितेर आएका व्यक्तिलाई हिटलरको संज्ञा दिएका थिए। जर्मनीको इतिहास हेर्दा हिटलर पनि निर्वाचनमार्फत नै आएका थिए, तर उनले लोकतान्त्रिक अधिकार कटौती गर्दै तानाशाह लादे।”

खनालले सरकारलाई प्रश्न गर्दै भने, “के अहिले प्रधानमन्त्री पनि हिटलर बन्दै हुनुहुन्छ?”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स