मिड सोलु हाइड्रोपावरको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्नुपर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २६ गते
मिड सोलु हाइड्रोपावरको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्नुपर्ने ?

मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई वितरण गर्न कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २१ गते, सोमबार, दिउँसो १ बजे पुरानो बानेश्वरस्थित मानसरोबल पार्टी प्यालेसमा चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ। सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट पाँच जना सञ्चालक निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्ति तथा संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने प्रस्तावहरूमा पनि छलफल गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस ९ गतेसम्म कायम सेयरधनीहरूले सभामा सहभागी भई प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स