अभिभावक ठग्ने विद्यालयलाई महानगरको चेतावनी, भर्नाअघि नै पुस्तक र युनिफर्म भिडाए कारबाही हुने

अभिभावक ठग्ने विद्यालयलाई महानगरको चेतावनी, भर्नाअघि नै पुस्तक र युनिफर्म भिडाए कारबाही हुने
Advertisement Ads

काठमाडौँ महानगरपालिकाले विद्यालयहरूबाट पाठ्यपुस्तक र पोशाक बिक्री वितरण गर्न रोक लगाएको छ।

महानगरको शिक्षा विभागले आइतबार सूचना जारी गर्दै केही विद्यालयले विद्यालयभित्रैबाट पाठ्यपुस्तक, थप शैक्षिक सामग्री तथा पोशाक बिक्री गर्दै आएको गुनासो आएपछि यस्ता गतिविधि तुरुन्त बन्द गर्न चेतावनी दिएको हो।

सूचनामा नयाँ शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका सामग्री प्रयोग गर्ने तथा विद्यार्थी र अभिभावकलाई विद्यालयबाटै सामग्री खरिद गर्न बाध्य पार्ने जस्ता कार्यहरू भइरहेको उल्लेख गरिएको छ।

यस्ता गतिविधि शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ विपरीत हुने भन्दै महानगरले नियम उल्लंघन गर्ने विद्यालयलाई कारबाही गरिने स्पष्ट पारेको छ।

649952828 4414016618907428 9113395143807155424 n https://bajarkochirfar.com/metropolitan-city-warns-schools-that-cheat-parents-will-face-action-if-books-and-uniforms-are-confiscated-before-admission | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स