साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमै ह्याट्रिक गर्दै नयाँ कीर्तिमानतर्फ कदम बढाएका छन्।
अमेरिकाको कान्सास सिटी रंगशालामा अल्जेरियाविरुद्ध जारी खेलमा मेस्सीले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
छैटौं पटक विश्वकप खेलिरहेका मेस्सीको विश्वकप करिअरमा यो पहिलो ह्याट्रिक हो। यसअघि उनले विश्वकपमा ह्याट्रिक गर्न सकेका थिएनन्।
यस ह्याट्रिकसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन्। विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याएका मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको १६ गोलको कीर्तिमान बराबरी गरेका हुन्।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया