नेप्सेमा दुई फाइनान्स कम्पनीको सेयर कारोबार रोक्का

नेप्सेमा दुई फाइनान्स कम्पनीको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ। दुवै संस्था मर्जरपछि आज, २०८३ असार २६ गतेदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबारमा जाने भएकाले सोही मितिदेखि लागू हुने गरी सेयर कारोबार रोक्का गरिएको हो।

मर्जरपश्चात् लगानीकर्ताको सेयर पनि पोखरा फाइनान्स लिमिटेडकै नाममा समायोजन हुने जनाइएको छ। सेयर समायोजन प्रक्रिया पूरा भएपछि मात्रै कारोबार पुनः फुकुवा गरिनेछ।

यी दुई संस्थाबीच मर्जरका लागि २०८२ साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो। त्यसपछि नेपाल राष्ट्र बैंकले २०८२ असोज २७ गते मर्जरका लागि सैद्धान्तिक सहमति दिएको थियो भने दुवै संस्थाको २०८२ माघ १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए।

नेपाल राष्ट्र बैंकले २०८३ वैशाख २९ गते मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो। त्यसपछि कम्पनी रजिष्ट्रार कार्यालयबाट २०८३ जेठ ७ गते र नेपाल धितोपत्र बोर्डबाट २०८३ असार ३ गते अन्तिम स्वीकृति प्राप्त भएको थियो।

यी स्वीकृतिपछि २०८३ असार ११ गते बसेको संयुक्त मर्जर समितिको बैठकले असार २६ गतेदेखि एकीकृत कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो। मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय काठमाडौंको पुतलीसडकमा रहनेछ, जहाँ हाल समृद्धि फाइनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय रहेको छ।

दुवै संस्था समान हैसियतमा मर्ज भएका हुन्। संयुक्त मर्जर समितिले १ः१ सेयर आदान–प्रदान (स्वाप) अनुपात निर्धारण गरेको थियो, जसलाई दुवै कम्पनीको साधारणसभाले अनुमोदन गरेका थिए।

Screenshot 10 7 2026 8226 www.nepalstock.com https://bajarkochirfar.com/trading-of-shares-of-two-finance-companies-suspended-on-nepse | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स