मर्जर प्रक्रिया अगाडि बढाउन समृद्धि र पोखरा फाइनान्सले बोलाए साधारण सभा

मर्जर प्रक्रिया अगाडि बढाउन समृद्धि र पोखरा फाइनान्सले बोलाए साधारण सभा

मर्जर प्रक्रिया अगाडि बढाउन लागेका समृद्धि फाइनान्स र पोखरा फाइनान्सले वार्षिक साधारण सभा बोलाएका छन्। दुवै संस्थाका सञ्चालक समितिले पुस २० गते बसेको बैठकमा साधारण बोलाउने निर्णय गरेका हुन्। दुवै संस्थाको साधारण सभा माघ १४ गते बिहान ११ बजेबाट सुरु हुनेछ।

समृद्धि फाइनान्सको २४ औं साधारण सभा मकवानपुरको हेटौडामा रहेको होटल एभोकाडोमा आयोजना हुने छ भने, पोखरा फाइनान्सको २८ औं र २९ औं साधारण सभा पोखरामा रहेको दरबारथोक ब्याङ्क्वेटमा हुनेछ। दुवै सभामा गत आवको वार्षिक प्रतिवेदन र उक्त अवधिका सम्पूर्ण वित्तीय विवरणहरू पारित गरिनेछन्। साथै, मर्जरमा जाने विशेष प्रस्ताव पनि सभाबाट पारित गरिनेछ।

साधारण सभा प्रयोजनका लागि दुवै संस्थाले पुस ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। समृद्धि फाइनान्स र पोखरा फाइनान्स १:१ सेयर स्वाप अनुपातमा मर्ज हुने योजना बनाएका छन्। यसअघि, गत साउन ४ गते दुवै संस्थाबीच मर्जर प्रयोजनका लागि सम्झदारीपत्र सम्पन्न भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स