आज अर्थसहित ९ वटा संसदीय समितिका बैठक बस्दै



आज असार २२ गते संघीय संसद्का विभिन्न नौवटा संसदीय समितिहरूको बैठक बस्दैछ। प्रतिनिधिसभातर्फ अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, पूर्वाधार विकास समिति, र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकहरू तय गरिएको छ। साथै, राष्ट्रियसभातर्फ संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक र संयुक्त समितिका रूपमा रहेको संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्ने कार्यसूची छ।

प्रत्येक समितिमा महत्त्वपूर्ण विधेयक र विषयहरूमा छलफल गरिनेछ। अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न बनेको विधेयकमा दर्ता गरिएका संशोधन प्रस्तावमाथि छलफल हुनेछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ मा छलफल हुनेछ। उद्योग तथा वाणिज्य समितिमा सरकारले निर्धारण गरेको रासायनिक मलको कोटा तथा अनुदान वितरणबारे छलफल हुनेछ भने कृषि तथा सहकारी समितिमा आगामी कार्यक्रम र समसामयिक विषयमाथि छलफल हुनेछ।


Advertisement

पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी–मरिण डाइभर्सन आयोजना लगायत विविध विषयमा छलफल हुने कार्यसूची छ। शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ। संघीयता सबलीकरण समितिमा स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिनेछ। संसदीय सुनुवाइ समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सिफारिस भएका व्यक्तिहरूको सम्बन्धमा छलफल गरिनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर