अर्थसहित ६ वटा संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् छलफल हुने विषयहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ११ गते
अर्थसहित ६ वटा संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् छलफल हुने विषयहरु

संघीय संसद् अन्तर्गत आज एकै दिन ६ वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भने आजका लागि तय गरिएको छैन।

अर्थ समितिको ७७औँ बैठक बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्ताव गरिएको मूल्य अभिवृद्धि कर (भीएटी) सम्बन्धी नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमा छलफल हुनेछ। साथै, आर्थिक विधेयकमा प्रस्तावित कर संरचना र करदरहरूका विषयमा समसामयिक छलफल पनि हुनेछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरिनेछ।

पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजे बस्नेछ। यस बैठकमा सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कार्य प्रगतिबारे छलफल गरिनेछ।

विधायन व्यवस्थापन समितिको बैठक पनि दिउँसो १ बजेका लागि तय गरिएको छ। बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे बस्नेछ। बैठकमा वाग्मती प्रदेशस्थित दोलखालगायत विभिन्न क्षेत्रमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा गरिनेछ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको २९२औँ बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा समितिले गरेको स्थलगत अनुगमनको समीक्षा र प्रतिवेदनको मस्यौदामा छलफल गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स