योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेटवार्ता, के थियो मुख्य एजेन्डा ?



Advertisement
Ads

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच आज सिंहदरबारस्थित आयोगमा भेटवार्ता भएको छ।

भेटवार्तामा मुलुकको वित्तीय नीति र मौद्रिक नीतिबीच तादात्म्यता कसरी कायम गर्ने भन्ने विषयमा छलफल गरिएको थियो। कोभिड–१९ महामारी र प्राकृतिक विपद्बाट अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्दै सोह्रौँ आवधिक योजनाअनुसार उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्न आवश्यक रणनीतिबारे दुबै पक्षबीच विचारविमर्श भएको हो।


Advertisement

छलफलका क्रममा उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनःप्राथमिकिकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन, र मध्यमकालीन खर्च संरचनालगायत आयोगले अघि बढाएको सुधारबारे जानकारी गराए।

गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रको संलग्नता प्रवर्द्धन गर्न र लगानीको वातावरण बनाउन राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर