मेडिकल व्यवसायी दुर्गा प्रसाइँविरुद्ध सात बर्ष जेल सजायको माग गर्दै साइबर अपराधको मुद्दा दर्ता भएको छ । व्यवसायी प्रसाइँविरुद्ध जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा प्रसाइँविरुद्ध मुद्दा दर्ता गरेको बताएको छ ।
प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट पनि अनुसन्धान जारी रहेको भन्दै प्रहरीले अनुसन्धानपछि थप मुद्दा दर्ता हुने बताएको छ ।
प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै पत्रकार सम्मेलन गरेपछि प्रसाइँलाई प्रहरीले गत मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया