मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई सात बर्ष जेल सजायको माग गर्दै मुद्दा दर्ता

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २७ गते
मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई सात बर्ष जेल सजायको माग गर्दै मुद्दा दर्ता

मेडिकल व्यवसायी दुर्गा प्रसाइँविरुद्ध सात बर्ष जेल सजायको माग गर्दै साइबर अपराधको मुद्दा दर्ता भएको छ । व्यवसायी प्रसाइँविरुद्ध जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा प्रसाइँविरुद्ध मुद्दा दर्ता गरेको बताएको छ ।

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट पनि अनुसन्धान जारी रहेको भन्दै प्रहरीले अनुसन्धानपछि थप मुद्दा दर्ता हुने बताएको छ ।

प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै पत्रकार सम्मेलन गरेपछि प्रसाइँलाई प्रहरीले गत मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स