संसदमा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा



Advertisement
Ads

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीले नैतिक रूपमा सरकारमा बस्ने हैसियत गुमाइसकेको आरोप लगाए।

शाहीले देश हाल आन्दोलनमय अवस्थामा रहेको र सरकारले आफू रमिते बनेर बसेको टिप्पणी गरे। “देश आन्दोलित छ। शिक्षक, स्वास्थ्यकर्मी, सहकारीपीडितहरू सडकमा छन्। कर्मचारीहरू पनि आन्दोलनको तयारीमा छन्। राजावादीहरूले व्यवस्थामाथि आक्रमण गरिरहेका छन्,” उनले भने, “तर सरकार रमिते भएर हेरिरहेछ।”


Advertisement

सांसद शाहीले जनआवाजको बेवास्ता गर्दै सरकारले असक्षमताहरू ढाकछोप गर्न प्रतिपक्षी दलहरूमाथि दोष थोपार्ने प्रयास गरिरहेको आरोप लगाए। “सरकारले आफ्नै कमजोरी ढाक्न प्रतिपक्षीलाई दोष दिइरहेको छ। यस्तो अवस्थामा या त प्रधानमन्त्रीले सबै समस्याको समाधान गर्नुपर्छ, होइन भने तत्काल राजीनामा दिनुपर्छ,” शाहीले प्रस्ट पारे।

उनले आन्दोलनका कारण देश अस्तव्यस्त अवस्थामा पुगेको र जनताको सेवा प्रवाहसमेत प्रभावकारी रूपमा हुन नसकेको उल्लेख गरे। “देश अस्तव्यस्त छ, जनसेवा प्रभावित भएको छ,” उनले जोड दिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर