मन्जुश्री फाइनान्सको नाफा ४० प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २६ गते
मन्जुश्री फाइनान्सको नाफा ४० प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो
AdvertisementAds

मन्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, फाइनान्सको खुद नाफा ३९.९७ प्रतिशतले बढेर ३१ करोड ४३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढ्नुका साथै खुद शुल्क तथा कमिशन आम्दानी वृद्धि हुँदा नाफा बढेको हो।

चौथो त्रैमाससम्म मन्जुश्री फाइनान्सको खुद ब्याज आम्दानी १६.५१ प्रतिशतले बढेर ८७ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४८.४९ प्रतिशतले बढेर ५१ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

फाइनान्सको खराब कर्जा अनुपात ०.११ प्रतिशतबिन्दुले घटेर ३.११ प्रतिशतमा सीमित भएको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ, भने वितरणयोग्य नाफा दोब्बरले बढेर ३५ करोड ४४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष वितरणयोग्य नाफा १७ करोड ३९ लाख रुपैयाँ थियो। यस्तै जगेडा कोषमा ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

AdvertisementAds

समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स