मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।


प्रतिकृया