instainsta

मनकामना इन्जिनियरिङ्गको नोक्सानी घट्यो, प्रतिसेयर आम्दानी कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १९ गते
मनकामना इन्जिनियरिङ्गको नोक्सानी घट्यो, प्रतिसेयर आम्दानी कति ?
AdvertisementAds

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा २ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनी ४ करोड १६ लाख रुपैयाँ घाटामा थियो।

विद्युत बिक्री आम्दानीमा वृद्धि र वित्तीय खर्चमा कमी आएपछि कम्पनीको घाटा घट्न पुगेको हो। समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी १०.११ प्रतिशतले वृद्धि भई कुल नाफा पनि ७.२९ प्रतिशतले बढेको छ। त्यस्तै, अन्य आम्दानी ८३३.७५ प्रतिशतले वृद्धि हुँदा वित्तीय खर्च २६.८२ प्रतिशतले घटेको छ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग भने २८ करोड ९८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक २ रुपैयाँ ६० पैसा रहेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ ६३ रुपैयाँ ७७ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स