मनकामना केबलकार भोलिदेखि दुई दिनका लागि बन्द हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३० गते
मनकामना केबलकार भोलिदेखि दुई दिनका लागि बन्द हुँदै

मनकामना केबलकारको सेवा भोली पुस १ र २ गतेका लागि दुई दिन बन्द रहने भएको छ। टावरको मर्मत सम्भारका लागि केबलकार सेवा बन्द गरिने जनाइएको छ, र ३ गते बुधबारदेखि नियमित सञ्चालनमा आउनेछ।

यद्यपि, वटम स्टेशनस्थित रेष्टुरेन्ट सेवा उक्त अवधिमा यथावत् रूपमा चलिरहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक २०५५ सालको मङ्सिर ८ गतेबाट मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो। केबलकारको प्रवेशद्वार चितवनको इच्छकामना गाउँपालिका-४ चेरेसमा रहेको वटम स्टेशनबाट सुरु हुन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स