माछापुच्छ्रे क्यापिटलले विभिन्न पदमा कर्मचारीहरू माग्यो, योग्यता कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २५ गते
माछापुच्छ्रे क्यापिटलले विभिन्न पदमा कर्मचारीहरू माग्यो, योग्यता कति ?

नेपालको अग्रणी लगानी बैंकिङ तथा लगानी व्यवस्थापन सेवा प्रदायक माछापुच्छ्रे क्यापिटल लिमिटेडले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ।

संस्थाले असिस्टेन्टदेखि सुपरभाइजर पदका लागि ३ जना कर्मचारी माग गरेको छ। यसका लागि मर्चेन्ट बैंकिङ (इस्यु म्यानेजमेन्ट, आरटीए, आरटीएस) वा पोर्टफोलियो म्यानेजमेन्ट विभागमा कम्तीमा स्नातक (bachelor’s degree) गरेकाहरूले आवेदन दिन सक्नेछन्। आवेदकको क्यापिटल मार्केट/मर्चेन्ट बैंकिङ क्षेत्रमा २ वर्षको अनुभव हुनु आवश्यक छ। यस पदका लागि ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

त्यस्तै, असिस्टेन्ट-सुपरभाइजर/म्यानेजमेन्ट ट्रेनी (MT) पदमा आवेदन खुला गरिएको छ। असिस्टेन्ट-सुपरभाइजरका लागि सम्बन्धित विषयमा स्नातक (bachelor’s degree) तथा २ वर्षको अनुभव हुनुपर्छ, जसमा क्यापिटल मार्केटमा अनुभवलाई प्राथमिकता दिइनेछ। म्यानेजमेन्ट ट्रेनी पदका लागि स्नातकोत्तर (master’s degree) गरेकाहरूले आवेदन दिन सक्नेछन्, जसका लागि कुनै अनुभव आवश्यक छैन। असिस्टेन्ट-सुपरभाइजर पदका लागि ३५ वर्ष र म्यानेजमेन्ट ट्रेनीका लागि ३० वर्ष ननाघेका उम्मेदवार योग्य मानिनेछन्।

जुनियर अफिसरदेखि सिनियर अफिसर पदका लागि पनि १ जना कर्मचारी माग गरिएको छ। इच्छुक उम्मेदवारले मर्चेन्ट बैंकिङ (इस्यु म्यानेजमेन्ट, आरटीए, आरटीएस) विभागमा कार्य अनुभव भएको हुनुपर्छ। आवेदकले स्नातक (bachelor’s degree) र ३ वर्षको अनुभव वा स्नातकोत्तर (master’s degree) र २ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ। यस पदका लागि ४० वर्ष ननाघेका उम्मेदवार योग्य मानिनेछन्।

इच्छुक उम्मेदवारहरूले नवीनतम बायोडाटा (Resume), कभर लेटर, फोटो तथा अन्य आवश्यक कागजातहरू सहित [email protected] इमेल पठाउनु पर्नेछ वा www.mcl.com.np/career मा गएर आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति २०८१ चैत १० (March 23, 2025), नियमित कार्यालय समयभित्र तोकिएको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स