नेपाली कांग्रेसका सभापति गगन थापाले बुटवलमा आयोजित चुनावी सभामा छिमेकीसँगको सम्बन्धमा सन्तुलन कायम गर्नु आवश्यक रहेको बताएका छन्। उनले नेपाल भारत र चीनबीच रहेको भएकाले चर्को कुरा गरेर मात्र काम नहुने र भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै देशभित्र र बाहिर सबैसँग मिलेर अघि बढ्न सक्ने पार्टी कांग्रेस मात्रै भएको बताए।
सभापति थापाले भने, “कुनै व्यक्तिले चमत्कार गरेर देश चलाउँदैन। तपाईंले मलाई प्रधानमन्त्री बनाउनु भयो भने पनि मैले प्रधानमन्त्री भएर चमत्कार गर्ने होइन। डेमोक्रेसी भनेको व्यक्तिले चमत्कार गर्ने पद्धति होइन।”
उनले आगामी पाँच वर्षको समय खेर जान नदिन टीम नेपालको रूपमा काम गर्ने प्रतिबद्धता जनाए। उनले थपे, “कांग्रेस एक्लै पुग्दैन। मैले प्रतिज्ञा पत्रमा प्रस्ताव गरेका दर्जनौँ कार्यहरू गर्न संविधानमा संशोधन आवश्यक छ। त्यसका लागि राष्ट्रिय सभा, एमाले, माओवादी, रास्वपा र नयाँ पार्टीको सहकार्य आवश्यक छ। ‘म एक्लै गर्छु’ भन्ने सोचले देशलाई फेरि द्वन्द्व र दुर्घटनामा लैजान सक्छ।”
सभापति थापाले अत्यधिक उत्तेजनापूर्ण राजनीतिमा नबहकिने र विवेकपूर्ण दृष्टिकोण अपनाउनेमा पनि युवाहरूलाई आग्रह गरेका छन्।













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया