आज दिउँसो १२:०० बजेसम्म प्राप्त विवरणअनुसार १० वटा एलपीजी ग्यास कम्पनीले विभिन्न स्थानका आफ्ना डिलर तथा बिक्री केन्द्रमार्फत ग्यास वितरण गर्ने तालिका सार्वजनिक गरेका छन्। वितरण हुने डिलरको नाम, ठेगाना, सम्पर्क नम्बर र प्रत्येक डिलरले प्राप्त गर्ने ग्यास सिलिन्डरको संख्या समेत सार्वजनिक गरिएको छ।
सार्वजनिक विवरणमा ॐ ग्यास, श्रीमाया ग्यास, उग्रचण्डी ग्यास, सूर्य ग्यास, साइबाबा ग्यास, नेपाल ग्यास, हिमालयन पेट्रोकेमिकल्स, श्रीकृष्ण ग्यास, गौरी शंकर ग्यास र श्री ग्यास गरी १० वटा कम्पनी समावेश छन्।
कम्पनीहरूले सार्वजनिक गरेको विवरणअनुसार सम्बन्धित डिलर तथा बिक्री केन्द्रमार्फत तोकिएको परिमाणमा एलपीजी ग्यास वितरण गरिनेछ।

प्रतिकृया