हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूका लागि सुरक्षित गरिएको सेयरको ‘लक–इन’ अवधि समाप्त हुन लागेको जानकारी दिएको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार आगामी माघ १ गतेदेखि उक्त लक–इन अवधि स्वतः समाप्त हुनेछ।
प्रचलित कानुनी व्यवस्था तथा नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणका लागि सेयर बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयर लक–इनमा राख्नुपर्ने व्यवस्था छ। सो अवधिअनुसार अब ६ महिनाको समयावधि पूरा भएकाले ती सेयरहरू दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछन्।
कम्पनीका अनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कुल ४६ हजार ६२५ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो। ती सेयरहरूको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।
लक–इन अवधि समाप्त भएपछि सम्बन्धित सामूहिक लगानी कोषहरूले माघ १ गतेपश्चात् ती सेयरहरू खरिद–बिक्री गर्न सक्नेछन्। हिम स्टार ऊर्जा कम्पनीको सेयर रजिस्ट्रार एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया