दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडका कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लकइन अवधि २०८२ असार ७ गते समाप्त हुँदैछ।
यसमा संस्थापकले धारण गरेका ७५ लाख ९० हजार ६७५ कित्ता, आयोजना प्रभावित स्थानीयको नाममा रहेका ७ लाख ५६ हजार ४२० कित्ता र कम्पनीका कर्मचारीका नाममा रहेका ६५ हजार ८६५ कित्ता सेयर छन्।
हालको व्यवस्था अनुसार, सार्वजनिक निष्काशनपछि तीन वर्षसम्म संस्थापक र कर्मचारीहरूले सेयर बिक्री गर्न नपाउने गरी लकइन गरिएको थियो। अब लकइन अवधि पूरा भएपछि उनीहरूले ती सेयर बिक्री गर्न सक्ने छन्। तर, कम्पनीका सञ्चालकहरू भने अझै पनि ती सेयर बिक्री गर्न योग्य रहने छैनन्।



















प्रतिकृया