हिमालयन हाइड्रोपावर लिमिटेडको ९० लाख २१ हजार ११५ कित्ता सेयरको लकइन अवधि आजबाट समाप्त भएको छ। यसमध्ये संस्थापक समूहका ८७ लाख, आयोजना प्रभावितका २ लाख ८१ हजार ७५० र कर्मचारीका ३९ हजार ३६५ कित्ता सेयर विगत तीन वर्षदेखि लकइनमा रहेका थिए।
कम्पनीले वि.सं. २०७९ असार २८ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सो दिनदेखि तीन वर्षसम्म यी सेयरहरू लकइनमा राखिएको थियो।
लकइन अवधि सकिएसँगै अब आइतबारदेखि यी सबै सेयरहरू नियमित रूपमा बजारमा कारोबार गर्न सकिनेछ।




















प्रतिकृया